पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ।>
सञ्चारमाध्यमहरूका अनुसार सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेपछि उनलाई जागिरबाटै बर्खास्त गरिएको हो।>
>
उनले आफ्नी श्रीमतीको भिसा सकिएपछि पनि उनलाई अवैध रूपमा भारतमा राखेको दाबी पनि गरिएको छ। ‘मुनिर अहमदलाई सेवा आचरण र राष्ट्रिय सुरक्षाको लागि खतरा मानिएको छ। उनले भिसा नियम उल्लंघन गरेर मिनललाई भारतमा आश्रय दिएका छन्,’ सीआरपीएफले भनेको छ।>
मिनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन्। उनले दीर्घकालीन भिसाका लागि दिएको आवेदन भारतीय गृह मन्त्रालयमा विचाराधीन छ।>
अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी नागरिकको भिसा निलम्बन गरेको छ। पाकिस्तानी महिला मिनल खानलाई पनि देश छोड्न सूचना दिइएको थियो।>
मिनलले भने आफूहरू निर्दोष रहेको भन्दै आतंकवादसँग कुनै सम्बन्ध नरहेको जिकिर सञ्चारकर्मीहरूसँग गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।>>