चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो बाटोमा हिँडिरहेका इच्छाकामना गाउँपालिका १ क्याङसिराङका ५१ वर्षीय बिरु चेपाङको चट्याङ लागेर मृत्यु भएको हो।>
यस्तै उनीसँग हिँडिरहेका उनका भतिज ३२ वर्षे दिलबहादुर चेपाङ घाइते भएको प्रहरीले जानकारी दिएको छ।>
अचानक चट्याङको प्रहारबाट मानिसको मृत्यु भएपछि स्थानीयवासीले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय मुग्लिनलाई जानकारी दिएका थिए। त्यसपश्चात मुग्लिन प्रहरी घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो।>
प्रहरीका अनुसार मृतकको शवको पोष्टमार्टम गर्न र घाइतेलाई पनि उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।>
चितवनका प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।>>