पाँचथरको सिवामा घरमा बम भेटियो

Jasus Khabar 3945+ समाचार ( )
१३ आषाढ २०८२

पाँचथरको फिदिम नगरपालिका–६, सिवामा एक व्याक्तिको घरमा बम भेटिएको छ । भूपाल तुम्रोकको घरमा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीका अनुसार केही वर्षअघि राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको छ । कहिलेदेखि ग्रिनेट बम राखिएको थियो भन्ने परिवारका सदस्यलाई थाहा नभएको बताइएको छ । 

बम डिस्पोज गर्न नेपाली सेनाको विरदर गण ओदिनको टोली घटनास्थलमा पुगेको छ । घटनास्थल सुरक्षित राखेर डिस्पोज गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी ख्यामराज घिमिरेले जानकारी दिए । 

बम कसले र कहिले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रमुख डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया