विद्यालयको चाबी लिएरै आन्दोलनमा आउन विद्यालय कर्मचारी परीषदको निर्देशन

Jasus Khabar 3925+ समाचार ( )
१० वैशाख २०८२

नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासङ्घको अगुवाइमा काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन  सम्पूर्ण विद्यालय कर्मचारीहरूलाई निर्देशन दिएको छ ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले मङ्गलबार साँझ एक संयुक्त विज्ञप्ति जारी गरी प्रेस विज्ञप्ति जारी २४ घण्टाभित्र कार्यालयको चाबी लिएरै आन्दोलनमा अनिवार्य उपस्थित हुन निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा शैक्षिक हड्ताल भइरहेको अवस्थामा समग्र शिक्षा क्षेत्रको अग्रगामी परिवर्तनका लागि र कर्मचारीको हक अधिकार स्थापित गर्ने परिवर्तनगामी महान यात्रामा छुट्ने अधिकार कसैलाई नभएको उल्लेख गरिएको छ । 

प्रतिक्रिया