नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ

Jasus Khabar 3949+ समाचार ( )
६ अशोज २०८२

नक्कली विवरण पेश गरी नेपाली नागरिकताको सिफारिस घटनामा संलग्न भएको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्। चार जना व्यक्तिले झूटा वतन र विवरण पेश गर्दै वडा अध्यक्ष यादवबाट सिफारिस र सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नागरिकता प्रमाणपत्र लिन खोजेको प्रकरणमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुसन्धान कारबाहीको निर्देशन दिएपछि नागरिकता सम्बन्धी कसूर मुद्दा दर्ता भएको हो। अनुसन्धानको क्रममा वडा अध्यक्ष यादवलाई सोमबार पक्राउ गरीजिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। अदालतले यादवलाई १५ दिनसम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।


प्रतिक्रिया