ईन्डिकेटर भित्र ब्राउन सुगर: सुनसरीबाट कारोबारी पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२७ चैत्र २०८१

अजमल अन्सारी

सुनसरी । सशस्त्र प्रहरी सुनसरीले लागूओैषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ। बिहिवार भारतीय बजारबाट मोटरसाइकलको ईन्डिकेटर भित्र लुकाएर ल्याएको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एकजनालाई सशस्त्र प्रहरी बल लाैकहीले नियन्त्रणमा लिइएको हो ।


सशस्त्र प्रहरी बल बिओपी लाैकहीका सशस्त्र प्रहरी नायब निरिक्षक प्रकाश भट्टराईकाे नेतृत्वमा खटिएको माेटरसाइल गस्ती टाेलीले शंका लागेको अवस्थामा को ३९ प ३५४२ नम्बरको एफजेड माेटरसाइकलमा सवार भई भारतीय बजारबाट नेपालतर्फ आईरहेकाे अवस्थामा नाकामा चेकजाँच गर्दा ईन्डिकेटर भित्र ५.२१ ग्राम ब्राउन सुगर फेला परेका हुन् ।


पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-२ का २४ वर्षीय शिवशंकर चाैधरी रहेको छ । नियन्त्रणमा लिएको चाैधरीलाई आवश्यक कार्वाहीकाे लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको सशस्त्र प्रहरी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो ।


एसपी थापाले हाल लागुओैषध काराेबार न्युनिकरण तथा नियन्त्रण गर्न सुनसरीको सिमामा रहेकाे सशस्त्र प्रहरीले कटिबद्ध भएर काम गरिरहेको बताउनुभयो । वहाँले आफुले विशेष तरिकाले काम गरिरहेकोले पछिल्लो समय लागुओैषध काराेबारी धमाधम पक्राउ पर्न थालेको बताउनुभयो ।



प्रतिक्रिया