मदिरा सेवन नगरी सवारी चलाउन ऊर्जामन्त्री घिसिङको अनुरोध

Jasus Khabar 3959+ समाचार ( )
८ अशोज २०८२

 भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान सिघिङले मदिरा सेवन नगरी सवारी साधन चलाउन चालकलाई अनुरोध गरेका छन्। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका घिसिङले दशैँमा यात्रा गर्ने चालक र यात्रुलाई विशेष अनुरोध गर्दै यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘गति नियन्त्रणमा राख्नुहोस्, मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्, विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्, यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्‍याउनुहोस्।’

घिसिङले चालकसँगै यात्रुलाईसमेत विशेष अनुरोध गरेका छन्। उनले थप भनेका छन्, ‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो। त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस्।’

घिसिङले क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपार्न अनुरोध गरेका हुन्। ‘चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं’, घिसिङले भनेका छन्।


प्रतिक्रिया