नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।>
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सयले बढेर तोलाको एक लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको एक लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।>
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर २०७५ रुपैयाँमा कारोबार भइरहेको छ ।>
>>