अजमल अन्सारी> सुनसरी । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले अवैध रुपमा भन्सार छली ल्याइएका करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ ।>
सुनसरीको ईनरुवा नगरपालिका–९ बबिया साम्बला टोलस्थित सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा र चार वटा मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।>
>
सशस्त्र प्रहरी नायब उपरीक्षक होमनाथ भट्टराईको कमाण्डमा खटिएको टोलीले गस्तीका क्रममा उक्त सामान बरामद गरी आवश्यक कारबाहीका लागि मुल भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति तथा प्रमुख प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।>
>
सशस्त्र प्रहरी बल नं. ४ गण हेडक्वार्टर सुनसरीका गणपति तथा प्रमुख प्रहरी उपरीक्षक एसपी निर्मल थापाले सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले नियमित गस्ती र निगरानीलाई प्रभावकारी बनाएको बताउँदै उक्त सफलता कुशल रणनीति र टोलीको सक्रियताको परिणाम भएको बताउनुभयो । उहाँले यस प्रकारको अवैध गतिविधि रोक्न सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।>
>
गणपति एसपी निर्मल थापाले यो सफलता सशस्त्र प्रहरीको सधैं सशक्त गस्ती, निगरानी तथा खटिएका सुरक्षाकर्मीहरूको तत्परताको परिणाम भएको बताउनुभयो। उहाँले जासुस खबरसँग कुराकानी गर्दै भन्नुभयो, "सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलले निरन्तर गस्ती, चेकजाँच र सूचनाको आधारमा निगरानीलाई प्रभावकारी बनाइरहेको छ। यसले गर्दा अवैध गतिविधिहरूलाई नियन्त्रण गर्न र सुरक्षालाई थप मजबुत बनाउन उल्लेखनीय सहयोग पुगेको छ।">
>
बरामद गरिएका सामग्री तथा सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा निगरानीलाई अझ कडा बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।>
>