सुनसरीमा लागू औषध सहित महिला पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
२० वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । धरान उपमहानगरपालिका- १७ सियोन मार्गस्थित एक डेराबाट ठुलो परिमाणको लागू औषध बरामद भएको छ। जिल्ला धनुषा जनकपुर घर भई धरानमा डेरा गरी बस्दै आएकी ४० वर्षीया ममता भगतलाई प्रहरीले लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको हो।


शनिबार बिहान १ बजे लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले भगतको डेरा बसेको कोठामा खानतलासी गरेको थियो।


खानतलासीका क्रममा कोठाभित्र लुकाएर राखिएको अवस्थामा ३,०२० क्याप्सुल ट्रामाडोल, ३८ चक्की स्पास्पेन, र ३,२३० चक्की अपाडोल फेला परेको प्रहरीले जनाएको छ।


प्रहरीले उक्त लागू औषधसहित भगतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको छ। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार