दुहबीमा आमाको गाली सहन नसकेर १७ वर्षीया किशोरीले गरिन् बिष सेवन

Jasus Khabar 3958+ समाचार ( )
१९ आषाढ २०८२

सुनसरी। सुनसरीको दुहबी नगरपालिका–१२ पूर्व कुशाहामा एक १७ वर्षीया किशोरीले आमाको गाली सहन नसकी घाँस मार्ने विषादी सेवन गरेकी छिन् ।


स्थानीय राजेश यादवकी छोरी संगिता यादवले बुधबार साँझ ५ बजे आमासँग सामान्य भनाभन भएपछि घरमै रहेको Tagguit नामक घाँस मार्ने विषादी सेवन गरेकी हुन् ।


विष सेवन गरेलगत्तै उनलाई परिवारजनले तत्काल उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकी लगेको र हाल बोल्न सक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ ।


छोरीको उपचारमा उनकी आमा विमला यादव पनि साथमा रहेकी छिन् । अस्पतालमा कार्यरत प्रहरी कर्मचारीमार्फत राति साढे १२ बजे इलाका प्रहरी कार्यालय दुहबीमा खबर प्राप्त हुनासाथ प्रहरीले तत्कालै टोली खटाई घटनाबारे बुझ्न थालेको दुहबी प्रहरी स्रोतले जनाएको छ ।


घटनाको विस्तृत विवरण संकलन तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया