मंगलबार सुनको भाउमा वृद्धि

Jasus Khabar 1+ समाचार ( )
८ अशोज २०८१

आज  नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले वृद्धि भएर १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिन सुनको मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँ थियो।

यो मूल्य हालसम्मकै उच्च हो र विगत तीन दिन यता लगातार नयाँ रेकर्ड बनाइरहेको छ। 


यता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको १९२० रुपैयाँको तुलनामा आज चाँदीको भाउ १९१५ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया