देवराज यादव>
सुनसरी जिल्ला ईनरुवा ९ बबियाको श्री सरस्वती माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा SEE ब्याच २०८१ का विद्यार्थीहरूलाई SEE नतिजा तर्फ सरस्वती माध्यमिक विद्यालयबाट 3.6 भन्दा बढी जीपीए ल्याउने तीन जना छात्राहरूलाई विशेष रूपले सम्मान गरिएको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गर्दै उक्त कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयले 3.6 भन्दा बढी जीपीए ल्याउने आफ्ना ३ विद्यार्थीहरु किरण कुमारी यादव र कृति कुमारी गुप्ता र मधु कुमारी यादव सहितलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यदुनन्दन यादवले आफ्नो व्यक्तिगत तर्फबाट रु दुई हजार एक सय सहित सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिकाका ९ नं. वडाका वडा अध्यक्ष बसिर मुद्दिन मन्सुरीले इनरुवा नगरकै नाम रोशन गराउन सफल भएको भन्दै विद्यालय र विद्यार्थी सबैलाई बधाई दिएको छ सामूदायिक विद्यालयतर्फ सर्बोत्कृष्ट नतिजा ल्याएको खुसियालीमा मिठाई वितरण समेत गर्नुभयो। कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको कार्यक्रममा आफुले अध्यापन गर्ने विषयमा शत प्रतिशत नतिजा ल्याउन सफल शिक्षकहरू उमेश प्रसाद यादव (अंग्रेजी), श्याम प्रसाद साह (सामाजिक), विष्णुप्रसाद उपाध्याय (ऐ. गणित) र रमेश कुमार चौधरी (लेखा) लाई समेत प्रमाणपत्रसहित सम्मान गरिएको शिक्षक उमेश प्रसाद यादवले जानकारी दिए। विद्यालयका तेजनारायण यादवले विद्यालयको यो सफलतामा योजनावद्व शिक्षण सिकाई, नियमित अभिभावक परामर्श र शिक्षक, विद्यार्थीको मेहनतको संयोजन भएको बताउँछन् ।उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक उमेश प्रसाद यादवले स्वागत मन्तव्य दिनुभएको साथै प्रधानाध्यापक तेजनारायण यादव, शिक्षक प्रतिनिधि श्याम प्रसाद शाह, शिक्षकहरू देवनारायण यादव, प्रकाश कुमार कायस्थ, रामनन्ध मण्डल, बिरेन्द्र प्र. मेहता, विद्यार्थीहरू सुरेन्द्र यादव, किरण यादव, कृति गुप्ता ले समेत आफ्नो मन्तव्य राख्नुभएको थियो ।>>