नारायणगढ–मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो, ७ जना घाइते

Jasus Khabar 3945+ समाचार ( )
९ जेठ २०८२

 चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर–२९ गाईघाटमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।

आज बिहान नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रक चालकसहित ७ जना घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुवै सवारीसाधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया