प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीसको एथेन्समा प्रस्थान गरेका छन्। >
उनले युएस ड्रग इन्फोर्समेन्ट एड्मिनिस्ट्रेसनको आयोजना गरेको ३८औं अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फ्रेन्समा सहभागी हुन ग्रीस जानु भएको हो, जसमा असोज ८ देखि १० गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ।
>
>
कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य पनि सहभागी हुनेछन्। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू र अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले शुभकामना सहित विदाई गरेका छन्।प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।>
>
>
>>