विद्युत सर्ट हुँदा लिखु तामाकोशीमा एक घर जलेर नष्ट

Jasus Khabar 3945+ समाचार ( )
२८ वैशाख २०८२

रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपु तिलौरीमा विद्युत् सर्ट भएर आगालागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार लिखु तामाकोशी–२ सैपुका चन्द्रबहादुर पौडेलको घरमा आगलागी भएको हो । आगलागी भएको घरमा पाँच जनाको परिवार बस्दै आएको थियो । आगालागी भएको केहीबेरमा नै आगो निभाइएको उनले बताए ।

घर जलेर नष्ट हुँदा कति क्षति भयो भन्नेबारे अनुसन्धान भइरहेको सूचना अधिकारी न्यौपानेले बताए ।

प्रतिक्रिया