सुर्खेतको वीरेन्द्रनगरमा जारी टी।बी। शाह स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाचौं दिन शुक्रबार घरेलु टोली कर्णालीले निराशाजनक प्रदर्शन दोहोर्याउँदा सुदूरपश्चिम प्रदेशले पहिलो जीत हात पारेको छ ।>
कालुङचोक मैदानमा कर्णालीले लुम्बिनीलाई ८ विकेटसहितको नतिजा सुम्पिदा तुलनात्मक बलियो मानिएको मधेसलाई हराउँदै सुदूरपश्चिमले तेस्रो खेलमा पहिलो जीत निकाल्दै अंक तालिकामा २ अङ्कले खाता खोलेको छ ।>
घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले सय रन पनि नकटाउँदै अलआउट भयो । जम्मा ९२ रन जोडेको कर्णालीका लागि सर्वाधिक रोशन शाहीले सर्वाधिक ३३ रनको योगदान दिए ।>
जम्मा ३१ ओभरसम्म टिकेको कर्णालीका ओपनर कौस्तुभ खड्काले १७ र विजय शाहीले १३ रन जोडे पनि अरूले १० कटाउन सकेनन् सस्तैमा इनिंग समाप्ति भयो ।>
घरेलु टोलीलाई निराश बनाउने क्रममा प्लेयर अफ दि म्याच बन्न सफल लुम्बिनीका शुभम् खनालले ४ तथा प्रिन्स पल र लक्ष्मण कुमालले समान एक एक विकेट लिए ।>
जवाफी ब्याटिङ गर्ने क्रममा लुम्बिनीका आरिफ खानले नट आउट ३६रन जोड्दा ओपनर द्वय समिर अलि मुसलमानले २७ तथा केशव विष्टले नट आउट २८ रन जोड्दै टिमका लागि जीत निश्चित गरेका थिए ।>
उता वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेसले तेस्रो खेल्दासम्म पहिलो हारको सामना गर्दा सुदूपश्मिले पहिलो जीत आत्मसाथ गर्न पाएको छ ।>
टस जितेर मधेसलाई पहिला ब्याटिङका लागि निम्त्याएको सुदूरले जम्मा १८ दशमलव १ ओभरमा मधेसको पारी सीमित गर्दै ८६ रन मात्र जोड्ने मौका दियो ।>
झिनो लक्ष्य बनाउने क्रममा मधेसका परिमर्जन यादवले सर्वाधिक ११ रन बटुल्दा नुमैर अहमदले १० रन बटुले भने अरूले दोहोरो अंक छुन सकेनन् ।>
प्लेयर अफ दि म्यान घोषित सुदूरका सुशील रावलले ७ ओभर बलिङ गर्दा १ मेडन र २९ डट खेल्दै मधेसका ५ विकेट ढाले ।>
८७ रन पछ्याएको सुदूरका लागि ओपनर द्वय विक्रम बोहोरोले जम्मा ३१ बलमा ४३ रन खेल्दै टिमलाई बलियो स्थितिमा पुर्याउँदा आयुष चन्दले ३४ रन जोड्दै ओपनरलाई राम्रो साथ दिए ।>
पाँचौ दिनको खेल सकिँदासम्म ३ खेल खेल्दा २ मा जीत र एकमा हार व्यहोर्दै ४ अंक जोडेको लुम्बिनी पहिलो र सोही अवस्थाको मधेस दोश्रो तथा कोशी तेस्रो स्थानमा रहेका छन् । ४ खेलमा जम्मा १ खेल मात्र जितेको घरेलु टोली कर्णाली भने चौथो स्थानमा रहँदा पाँचौँमा बागमती, छैटौँमा सुदूरपश्चिम र सातौँमा गण्डकी रहेका छन् ।>>