घुस्कीमा ११२० केजी गाँजा बरामद

Jasus Khabar 3925+ समाचार ( )
२१ जेठ २०८२

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित अर्नमामा ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरिएको छ।


गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल घुस्की, सशस्त्र प्रहरी बल बसन्तपुर र प्रहरी चाैकी कार्यालय घुस्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलवार साँझ ५ बजे १ हजार १ सय २० किलोग्राम गाँजा बरामद गरेको हो।


प्रहरीका अनुसार सुनसरीको हरिनगर गाउँपालिका-६ स्थित अर्नमा टोल नजिक गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि टोली परिचालन गरिएको थियो। प्रहरीले खोजतलास गर्ने क्रममा गाँजा जमिनमुनी गाडिएको अवस्थामा बरामद गरेका छन् ।


प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा प्लाष्टिक र बोरामा प्याक गरिएको अवस्थामा ३८ वटा पोकामा गाँजा फेला पारेको छ।


बरामद गरेको गाँजा आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


प्रतिक्रिया