अवाञ्छित गतिविधि गरेको आरोपमा सुनसरीबाट ४८ जना पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
३० फाल्गुन २०८१

अजमल अन्सारी

सुनसरी । रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले सुनसरीबाट ४८ जनालाई पक्राउ गरेको छ ।


१२ जना महिलासहित ४८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले बताए।


इच्छा विपरीत लोला हान्ने र रङ दल्ने लगायतका अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।


कसुरको प्रकृति हेरेर उनीहरूलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने एसपी तिम्सिनाले जानकारी दिए । पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रतिक्रिया