अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिज अन्तर्गत जारी खेलमा नेपालले होर्बट हेरिकेन्सविरुद्ध सय रन पूरा गरेको छ।>
मगंलबार डर्विनको काजालिस ऐरेनमा भइरहेको खेलमा नेपालले ११।५ ओभरमा तिन विकेट गुमाउँदै सय रन पूरा गरेको हो। टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेल लाई गुमाएको थियो।>
२० रन सामान गरेका भुर्तेल ४ चौका प्रहार गर्दै २७ रन बनाएर आउट हुन पुगे। त्यस्तै, नेपालका अर्का ओपनर अशिफ शेख २९ रन बनाउँदै पेभिलियन फर्किए।>
अशिफले २८ बलमा दुई चौका प्रहार गरे।त्यस्तै भिम सार्की १८ रन बनाएर आउट भए।>
क्रिजमा कप्तान रोहित पौडेल ८ रन र आरिफ शेख २ रन बनाएर खेलिरहेका छन्।>
नेपाल आज पहिलो जितको खोजीमा छ। यसअघि खेलेको तीनै वटा खेलमा नेपालले पराजय भोगेको थियो ।>>