जनकपुरधामबाट जयनगरका लागि छुटेको ट्रेनको लिकमा किचिएर आज बिहान एक वृद्धको मृत्यु भएको छ ।>
प्रहरीका अनुसार उनी भारतीय नागरिक हुन् । उनी भारत विहारको मधुवनी जिल्लामा पर्ने खेरामाठका विन्देश्वर दास रहेको प्रहरीले जनाएको छ ।
>
धनुषाको बैदेही स्टेशनदेखि करिब ५ सय मिटर पूर्वमा रेल्वे लिकमा किचिएर उनको आज विहान मृत्यु भएको थियो ।
>
>
>>