पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्।>
चौधौं अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन्।>
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए।>
उनले भने, “हात्ती संरक्षण गरेर मात्र वन र वन्यजन्तुको संरक्षण गर्न सकिन्छ। हात्ती बुद्धिमान् जनावार भएकाले यसको संरक्षण जरुरी छ।”>
वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले हात्ती संरक्षणका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए। वन क्षेत्र र वन्यजन्तु संरक्षणमा हात्तीले खेल्ने भूमिका कसैले पनि भुल्न नहुने उनले बताए।>>