देउवा र प्रचण्ड नआउने भएपछि संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन स्थगित

Jasus Khabar 3945+ समाचार ( )
१२ वैशाख २०८२

 प्रधानमन्त्री केपी शर्मा ओलीले वर्षे अधिवेशनको पहिलो दिन शुक्रबारको संसद् बैठकमा सम्बोधन नगर्ने भएका छन् ।

उनले संसद्को पहिलो दिन सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको हो ।

संघीय संसद्को वर्षे अधिवेशन सुरू हुने भएपछि प्रधानमन्त्री ओलीले शुक्रबार संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो।

शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि सम्बोधन स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन् ।

उता सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा थाइल्याण्डमा छन् । उनी शुक्रबार अपरान्ह मात्रै काठमाडौं आइपुग्ने तालिका छ। प्रतिपक्षी र सत्तारुढ दुई ठूला नेता अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन पनि रोकिएको हो ।

प्रतिक्रिया