सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्नको लागि दिएको निवेदन अस्वीकार गरेको छ।
>
प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै प्रसाईंको मुद्दामा अनुसन्धान जारी राख्न अनुमति दिएको हो। प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दायर गरिएको थियो। उनलाई प्रहरीको साइबर ब्युरोले चरित्र हत्या गरेको आरोपमा आइतबार पक्राउ गरेको थियो।>
काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ।
>
>>