बर्जु गाउँपालिका २१ वर्षीया युवती झुन्डिएर आत्महत्या

Jasus Khabar 3925+ समाचार ( )
२३ फाल्गुन २०८१

सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा–५ सितागंजस्थित फूलेश्वर यादवकी छोरी २१ वर्षीया पुष्प यादव झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

हिजो फागुन २२ गते बिहान करिब ४ बजे आफ्नै सुत्ने कोठाको सिलिङ फ्यानमा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेको छिमेकी उपेन्द्र यादवले फोनबाट प्रहरीलाई खबर गरेको थियो।

छिमेकी उपेन्द्र यादवको अनुसार युबती एक युवासँग प्रेममा रहेको बिवाहको कुरा चलिरहेको बीचमा खै के असन्तुष्टि भएर आत्महत्या गरेको भने हामीलाई थाहा नभएको जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय (इ.प्र.का.) सितागंजबाट प्रहरी नायब निरीक्षक (प्र.व.ना.नि) प्रविण भट्टराईको नेतृत्वमा टोली खटिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इ.प्र.का. दुहबीबाट प्रहरी निरीक्षक (प्र.नि) सागर तिमिल्सिनाको कमाण्डमा अर्को टोली परिचालन गरिएको थियो।श

शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको थियो ।भने पोष्टमार्टमपछि मृतकको दाजुले शव बुझेको थियो । घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

प्रतिक्रिया