प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

Jasus Khabar 3945+ समाचार ( )
९ आषाढ २०८२

 साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक २.६४ अंकले बढेर २५९८.६२ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले बढेको छ ।

सेसन अवधिमा ३३ कम्पनीको ५४ हजार ३० कित्ता शेयर किनबेच हुँदा २ करोड ७५ लाख ७० हजार ६७३ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको मूल्य घटेको छ ।

प्रतिक्रिया