मलद्वारमा ब्राउन सुगर, सुनसरी प्रहरीको फन्दामा युवक

Jasus Khabar 3925+ समाचार ( )
१९ आषाढ २०८२

इनरुवा । सुनसरी प्रहरीले लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। बिहिवार दिउँसो इनरुवा नगरपालिका–४ बसचोकस्थितबाट विशेष सूचनाको आधारमा प्रहरी टोलीले सिशिर भट्टराईलाई नियन्त्रणमा लिएको हो।


जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका इटहरी उपमहानगरपालिका–२ का २३ वर्षीय भट्टराईलाई चेकजाँच गर्दा मलद्वारमा लुकाइ ल्याएको अवस्थामा ८.४ ग्राम लागू औषध ब्राउन सुगर जस्तो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


पक्राउ परेका भट्टराईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।


प्रहरीले लागू औषध कारोबारमा संलग्नलाई कडाइका साथ निगरानी र नियन्त्रण गर्ने अभियान चलाइरहेको जनाएको छ।

प्रतिक्रिया