नेपाली सांसद र भाजपाका नेताहरुबीच छलफल

Jasus Khabar 3925+ समाचार ( )
१३ श्रावण २०८२

 नेपालका संघीय सांसदको प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालय भ्रमण गरेका छन्। नेपाल एयरलाइन्सबाट शनिबार संघीय संसदका १४ जना सांसद नयाँ दिल्ली पुगेका हुन्। 

स्रोतका अनुसार मेटमणी चौधरी, कार्चेन लामा, अनिशा नेपाली, दिक्पालकुमार शाही, रेखा यादव, राजेन्द्र प्रसाद पाण्डे, सञ्जयकुमार गौतम, शिव नेपाली, सरिता प्रसाईं, रामकृष्ण यादव, अब्दुल खान, दामोदर पौडेल, गंगा कार्की, दिपा शर्मा नयाँ दिल्ली गएका हुन्।

भाजपाको कार्यालयका उनीहरुलाई शिव प्रकाशले भाजपा संगठनको संरचना र गतिविधिहरूको विस्तृत जानकारी दिएका छन्। भेटमा सांसद अजय टम्टा (राज्यमन्त्री, सडक यातायात), डा. संजय जैसवाल (सांसद, लोकसभा), डा. सतीश द्विवेदी (पूर्व मन्त्री, उत्तर प्रदेश सरकार) र डा. विजय चौथाईवाले (विदेश विभाग प्रमुख)ले पनि प्रतिनिधिमण्डलसँग नेपाल-भारत सम्बन्ध र दुई देशका समसामयिक  विषयका बारेमा छलफल गरेका थिए।

नेपालका सांसदलाई  भारत भ्रमण गराउने चाजोपाजो एक संस्थाले गराएको थियो।

प्रतिक्रिया