सांसद अमरेशकुमार सिंहले विकास निर्माणको काममा ढिलाइ गर्न नहुने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले नारायणगढ–बुटवल सडकखण्ड समयमै निर्माण गर्न सरकारसँग माग गरे ।>
‘सडक निर्माणमा ढिलाइ हुँदा लुम्बिनी घुम्न जाने पर्यटकलाई कठिनाइ भएको छ’, सांसद सिंहले भने । >
यस्तै सांसद प्रभु साहले सरकारी बजेट प्रयोग गर्ने प्रतिष्ठान र सङ्घसंस्थालाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। केही सङ्घसंस्था र प्रतिष्ठान पार्टीगत र व्यक्तिगत स्वार्थमा प्रयोग भएकामा उहाँले आपत्ति व्यक्त गरे ।>
सांसदहरू देवप्रसाद तिमिल्सिना, दामोदर पौडेल र जावेदा खातुनले आन्दोलनरत शिक्षकहरूका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए। >
सांसद नागिना यादवले तराई मधेसमा नाला निर्माणका क्रममा स्थानीयको घर भत्काउने काम भइरहेको उल्लेख गर्दै अदालतको आदेशलाई समेत स्थानीय प्रशासनले अटेर गरेको आरोप लगाइन्।>>