आईसीसी विश्वकप लिग-२ को सिरिज बिहीबारदेखि नेपालमा सुरु , बिहीबार नामिबियासँग खेल्दै नेपालले गर्नेछ लिग-२ को सुरुवात

Jasus Khabar 1+ समाचार ( )
१ फाल्गुन २०८०

आईसीसी विश्वकप लिग–२ को २०२४ देखि २०२७ सम्म चल्ने त्रिकोणात्मक सिरिजका शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने भएका छन् ।

आईसीसीले २०२७ सम्म चल्ने लिग-२ को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ । २४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । विश्वकप च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीसँगै पुन विश्वकप छनोटमा पुग्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ । लिग-२ मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् । 

लिग-२ को सिरिज बिहीबारदेखि नेपालमा सुरु हुँदैछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग-२ को सुरुवात गर्नेछ ।

प्रतिक्रिया