सरकारले गहुँको नयाँ समर्थन मूल्य तोकेको छ । आर्थिक वर्ष २०७९/८० को लागि मन्त्रिपरिषद्को बैठकले गहुँको समर्थन मूल्य निर्धारण गरेको हो ।>
चालु आर्थिक वर्षमा सरकारले गत वर्षको भन्दा गहुँको मूल्य प्रतिक्विन्टल १८६ रुपैयाँ बढाएको हो । सरकारले गहुँको नयाँ मूल्य प्रति क्विन्टल ३ हजार ३ सय ५१ रुपैयाँ कायम गरेको हो । जसमा गहुँको मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ पर्छ । गत आर्थिक वर्ष २०७८/७९ का लागि गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ६५ रुपैयाँ निर्धारण गरेको थियो ।>
यो वर्ष सरकारले चाँडै मूल्य निर्धारण गरेको हो । गत वर्ष गहुँको मूल्य वैशाखमा निर्धारण भएको थियो ।
>>