शिक्षकलाई तलब नदिने पालिकामाथि अनुसन्धान गर्ने मन्त्री पुनको तयारी

Jasus Khabar 3959+ समाचार ( )
१३ अशोज २०८२

शिक्षा मन्त्री महाविर पुनले आफूलाई तलब पाइएन भनेर सबैभन्दा धेरै फोन मधेशबाट आउने गरेको बताएका छन्।

आज सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई पैसा पठाइसकेको बताउँदै यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान थालेको जानकारी पनि दिए।

'वर्ष दिनमा आउने दशैं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोनबाट र इमेलबाट आयो,' उनले लेखेका छन्, 'शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु।'

प्रतिक्रिया

सम्बन्धित समाचार