तामाकोशी गाउँपालिकाका पूर्व उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना विरुद्ध अदालतमा मुद्दा दायर

Jasus Khabar 1+ समाचार ( )
२७ फाल्गुन २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका पूर्व उपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

 उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

उनीहरूले अनियमितता गरी सरकारलाई गैरकानुनी हानि पुर्‍याउने कार्य गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया