सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्छ :डा.आरजु राणा

Jasus Khabar 1+ समाचार ( )
६ वैशाख २०८०

नेपाली कांग्रेसकी सांसद्‍ डा. आरजु राणा देउवाले सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्ने बताएकी छिन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद्‍ आरजुले सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्ने बताएकी हुन्। उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति गठनमा राजनीतिकरण हुनुहुँदैन।

निर्देशीका अद्यावधिक हुनुपर्छ। देशभरका सरकारी विद्यालयमा आधारभूत तहमा अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नुपर्छ। त्यसका लागि नीति नियम र स्रोत साधनको सुनिश्चितता गरिनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित समाचार