बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी हाजिर जमानीमा छुटेका छन्।
>
जिल्ला अदालत काठमाडौंले दिएको आदेशमा उनी छुटेका हुन् । उनीसहित अजित नारायण सिंह थापा र सञ्जय ठाकुर पनि रिहा भएका छन् ।
>
सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पुरा गर्न सी आई बी लाई आदेश दिएको थियो ।
>
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (६) बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।
>
बासबारी कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा उनीसहित तीनै जना १८ माघमा पक्राउ परेका थिए । उनलाई छाड्न सरकारलाई सत्ता साझेदार दल नेपाली कांग्रेस र राष्ट्रपति कार्यालयबाट समेत दवाव आएको स्रोतको दाबी छ ।
>>