नेकपा एकीकृत समाजवादीले बाढी पीडितका लागि संघीय संसद्मा रहेका सबै सांसदहरूको आधा महिनाको तलव दिने निर्णय गरेको छ।
>
>
सांसदहरूले १५ दिनको तलव प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा जम्मा गर्नेछन्। गत शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरको जनजीवन कष्टकर बनेको छ, र यसले बाढी र पहिरो पीडितहरूलाई निकै असर गरेको छ।>
>
यसै क्रममा, सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले पनि समान १५-१५ दिनको तलव र ५०-५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।>>