बाढीपहिरोमा परी २४४ जनाको मृत्यु

Jasus Khabar 1+ समाचार ( )
२० अशोज २०८१

हालैको बाढीपहिरोमा २४४ जनाको मृत्यु भएको र १९ जना बेपत्ता रहेका छन्।, १७९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीपहिरो प्रभावित क्षेत्रबाट १७,१७४ जनाको उद्धार गरिएको छ। सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरेर यातायात सञ्चालनको प्रयास जारी रहेको जानकारी दिए।

“बाढीपहिरो पीडितको विवरण स्थानीय स्तरबाट सङ्कलन भइरहेको छ। ती विवरण प्राप्त भएपछि अस्थायी आवासका लागि सरकारले प्रदान गर्ने सहायता रकम वितरण गरिनेछ। स्थानीय तहले प्रभावित परिवारलाई खाद्यान्नलगायतका सामग्री पनि उपलब्ध गराएको छ,” उनले भने।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतकलाई २ लाख रुपैयाँका दरले सहायता रकम उपलब्ध गराएको छ। हालसम्म १६० परिवारले यो सहायता प्राप्त गरिसकेका छन्।

बाढीपहिरोमा सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया