घुससहित पक्राउ परेका सइविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Jasus Khabar 3925+ समाचार ( )
१६ वैशाख २०८२

 ३० हजार घुस रकमसहित पक्राउ परेका एकजना प्रहरी नायब निरीक्षक (सइ)विरुद्ध अख्तियार दुरूपयोग अनु्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। रुपन्देहीको प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्काविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको हो।

रुपन्देहीको दुर्गौलिया नाकाहुँदै भारतबाट अवैधरुपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा घुस लिएको पुष्टि भएपछि खड्काविरुद्ध ३० हजार बिगोसहित सजायको माग गर्दै आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको अख्तियारले जनाएको छ।


प्रतिक्रिया