कप्तानगञ्जमा सशस्त्र प्रहरीद्वारा माेटरसाइकल सहित अवैध भारतीय कपडा बरामद

Jasus Khabar 3945+ समाचार ( )
सशस्त्र प्रहरी बल कप्तानगञ्ज गुल्मले सीमा क्षेत्रमा अवैध सामान ओसारपसार तथा तस्करी नियन्त्रणका लागि सुरक्षा सतर्कता कडा पारेको जनाएको छ।
२ जेठ २०८२

सुनसरी । सशस्त्र प्रहरी बल कप्तानगञ्ज गुल्मले भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा भित्र्याइएका कपडा बरामद गरेको छ। बिहिवार सशस्त्र प्रहरीले १ वटा मोटरसाइकलसहित करिब ३ लाख ३६ हजार रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिएको हो।


सशस्त्र प्रहरी बल कप्तानगञ्ज गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन लामिछानेले भारतीय सीमा क्षेत्रबाट ल्याइँदै गरेका कपडासहित मोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिए।


वहाँले सीमावर्ती क्षेत्रमा अवैध तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले निगरानी र नियमित गस्तीलाई अझ प्रभावकारी बनाएको बताउनु भयो। वहाँले बरामद गरिएका सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको छ।


सशस्त्र प्रहरी बल कप्तानगञ्ज गुल्मले सीमा क्षेत्रमा अवैध सामान ओसारपसार तथा तस्करी नियन्त्रणका लागि सुरक्षा सतर्कता कडा पारेको जनाएको छ।

प्रतिक्रिया