हरिनगर द्वारा हज यात्रीलाई विदाई तथा सम्मान कार्यक्रम

Jasus Khabar 3925+ समाचार ( )
२६ वैशाख २०८२

सुनसरी - हरिनगर गाउँपालिकाबार हाजिहरु हज गर्नको लागि मक्का मदिना जान लाग्नु भएका हज यात्रीहरुलाई विदाई तथा सम्मान गरिएको छ। 


हरिनगर गाउँपालिका वडा नं - २ वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरि हरिनगर गाउँपालिका वडा नं - २ का सम्पूर्ण हजयात्रीहरलाई गम्छा तोसाला ब्याग हस्तान्तरण गर्दै विदाई तथा सम्मान गरिएको हो। 


हरिनगर गाउँपालिका वडा नं - २ कार्यालयले २०२५ मा जान लाग्नु भएका हज यात्रीहरुलाई हरिनगर गाउँपालिका अध्यक्ष हाजि गफार अन्सारी वडा अध्यक्ष मोहमद अन्सारी समाज सेवी परवेज अन्सारी समाज सेवी सराज फलाहि नदबि लगायतको समाज सेवी तथा मोलानाहरुले हाजिहरुलाई हौसला प्रदान गर्नुहुनुहुँदै हाजीहरु यात्रा सफल र सरल रहोस् शुभकामना समेत दिइएको हो 


इस्लाम धर्मको लागि मक्का मदीना यात्रा (हज) इस्लाम धर्मका पाँच प्रमुख स्तम्भहरू मध्ये एक हो र यो प्रत्येक सक्षम मुसलमानका लागि जीवनमा एक पटक अनिवार्य गरिएको छ । 


प्रतिक्रिया