यी पाँच एजेन्डा, जसमा आज एमाले सचिवालय बैठकमा छलफल हुनेछ

Jasus Khabar 3925+ समाचार ( )
१ श्रावण २०८२

नेकपा एमालेको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा ५ एजेन्डामा छलफल हुनेछ, जसमा पहिलो विषयमा विधान संशोधनमाथि औपचारिक छलफल हुनेछ ।

पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उपाध्यक्ष एवं विधान संशोधन समितिका संयोजक विष्णु पौडेलले छलफलका लागि औपचारिक रूपमा विषय प्रवेश गर्नेछन् । उक्त प्रस्तावपछि सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

त्यसपछि २ र ५ साउनलाई पूर्वनिर्धारण गरिएको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गरिनेछ । तेस्रो विषय भने सरकारको समीक्षाबारे रहेको गौतमले जानकारी दिए । उनका अनुसार एक वर्ष पूरा भएको सरकारबारे सचिवालयबाट राय लिने कार्यसूची छ ।

चौथो विषय विधान अधिवेशन तयारीबारे छ भने पाँचौँ विषय विभागीय कामको संयोजनबारे रहने प्रचार विभाग प्रमुख गौतमले शिलापत्रलाई जानकारी दिए ।

प्रतिक्रिया