देशलाई अग्रगमणमा लैजान नेकपा एमाले र जसपाको चुनावी तालमेल

Jasus Khabar 1+ समाचार ( )
२४ कार्तिक २०७९

देशलाई अग्रगमणमा लैजान नेकपा एमाले र जनता समाजबादी पार्टीको चुनावी तालमेल भएको ती पार्टी सम्बद्ध नेताहरुले बताएका छन । 

विराटनगर–१४ स्थित रामजानकी मन्दिर परिसरमा आज भएको चुनावी सभालाई सम्बोधनगर्दै नेकपा एमाले र जसपाका नेता तथा उम्मेदवारहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्नुहुँदै एमाले नेता भुराज राईले अग्रमण र राष्ट्रिय एकताका निम्ति जसपासंग चुनावी तालमेल भएको बताउनुभयो । अहिलेको अवस्थामा एमाले र जसपा सम्मिलित सरकारले मात्र मुलुकलाई निकास दिनसक्ने उहाँले दाबी गर्नुभयो । एमालेका नगर अध्यक्ष सागर थापाले निर्वाचनपछि समृद्धि र विकाशका निम्ति एमाले जसपाको सरकार बन्ने दाबी गर्नुभयो । 

प्रतिक्रिया