दार्चुला–गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

Jasus Khabar 3925+ समाचार ( )
२ भाद्र २०८२

पहिरोले दार्चुला–गोकुलेश्वर सडकअन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज बिहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।

निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।

गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन जाममा परेका छन् ।

प्रतिक्रिया