बहुविवाह गरेको आरोपमा पक्राउ परेका एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ललितपुर जिल्ला अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । बहुविवाह गरेको आरोपमा गहतराज जेठ २१ मा साँझ पक्राउ परेका थिए । शमशेर गहतराजले भावना गजुरेलसँग बहुविवाह गरेको आरोप छ ।>
आरोपीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए । गहतराज विरुद्ध उनकी जेठी पत्नीले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् । उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । शमशेर गहतराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा मेनपावर सञ्चालन गरेका छन् ।>>
>>