झापामा जंगली हात्ती मृत फेला

Jasus Khabar 3945+ समाचार ( )
२ आषाढ २०८२

झापाको मेचीनगर नगरपालिका- १, गणेश टोलस्थित मकैबारीमा आज बिहान एउटा पोथी जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।

बिहान करिब ८:५५ बजे स्थानीयले हात्ती मृत देखेर प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी तिरिङखोलाबाट खटिएको टोलीले घटना स्थललाई सुरक्षित राखेको छ। हात्तीको मृत्युको कारण खुल्न सकेको छैन।

डिभिजन वन कार्यालय भद्रपुर झापालाई जानकारी गराइसकिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जंगली हात्तीको मृत्युको कारण पत्ता लगाउन र थप अनुसन्धानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया