कञ्चनपुरमा अनियन्त्रित भएर मोटरसाइकल सडकबाट नालामा खस्यो, ४५ वर्षे चालकको मृत्यु

Jasus Khabar 3925+ समाचार ( )
१७ भाद्र २०८२

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका– ९ शिविर बस्ने ४५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, वडा नम्बर ९ को कोल्डस्टोरनजिक बजारबाट घर जाने क्रममा रानाले चलाएको बा६६प २९६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट नालामा खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया