एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ। २ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो।>
माल्दिभ्सका लागि कुनैपनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । माल्दिभ्सलाई लज्जास्पद हार चखाउनेक्रममा नेपालका अस्मिना कमचार्य एक्लैले ४ विकेट लिईन् भने पूजा महतो र रुविना बेल्बासे क्षेत्रीले समान ३ विकेट लिईन् । रुविनाले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै दुर्लभ इतिहास रचेकी हुन् । >
उनी नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
>>