आफूनिकट नेताहरू कारबाहीमा परेपछि शेखरको गुट भेला, गगन समूह भएन उपस्थित

Jasus Khabar 3925+ समाचार ( )
२६ आषाढ २०८२

नेपाली कांग्रेसका इतर समूहका नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन् ।

पार्टीको अनुशासन समितिले २०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालसहित नेताहरूलाई बुधबार कारबाही गरेको थियो ।

congress-shekhar-2-1752123654.JPG
कारबाहीपछि रुष्ट बनेका नेता कोइरालाले आफूनिकट नेताहरूको बैठक बोलाएका हुन् । बालुवाटारस्थित सम्पर्क कार्यालयमा बसिरहेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङलगायतका नेताहरू सहभागी छन् । बैठकमा १४औँ महाधिवेशनमा कोइराला समूहबाटै महामन्त्री जितेका गगनकुमार थापा समूहको भने सहभागिता छैन ।

sekhar-samuha-1752123666.JPG
कांग्रेसको अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री खनालसहित खोटाङ सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का,  पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्ष र धनुषाको लक्ष्मीनिया गाउँपालिकाका सभापति आनन्द यादवलाई ६ महिनाका लागि कांग्रेसको सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । कारबाहीमा परेका लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई कोइरालानिकट नेता हुन् । 


प्रतिक्रिया