राष्ट्र निर्माण दल नेपालद्वारा चन्द्रनिगाहपुर नगर संयोजकमा तपेन्द्र राय मनोनयन

Jasus Khabar 3959+ समाचार ( )
७ पौष २०८२

रौतहट । राष्ट्र निर्माण दल नेपालले रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिकाको नगर संयोजकमा तपेन्द्र रायलाई मनोनयन गरेको छ।


दलका केन्द्रीय सदस्य इसत्याक अहमदका अनुसार राय लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय स्थानीय नेता र समाजसेवी हुनुहुन्छ।


नगर संयोजकको जिम्मेवारी सम्हालेसँगै रायले एक महिनाभित्र चन्द्रनिगाहपुरका सबै वडामा संगठन विस्तार तथा वडा समिति गठन गर्ने लक्ष्यसहित काम सुरु गरिसक्नुभएको छ।


रायले देशमा पुराना दल र नेताहरूप्रति जनविश्वास कमजोर बन्दै गएको अवस्थामा राष्ट्र निर्माण दलले नयाँ सोच, राष्ट्र निर्माण र राष्ट्रिय मेलमिलापको नीतिलाई अघि सारेर अघि बढेको बताउनुभयो।

उहाँका अनुसार राष्ट्र निर्माण दल मधेशमा नयाँ ऊर्जाका साथ उदाएको छ र छोटो समयमै संगठनात्मक विस्तारमा उल्लेखनीय प्रगति गरिरहेको छ।


रायले एक साताभित्र ३१ सदस्यीय नगर समिति गठन गर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया