विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने

Jasus Khabar 3945+ समाचार ( )
३ जेठ २०८२

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिता विराटनगर महानगरपालिका–६ को  आयोजना हुने भएको हो। 

प्रतियोगिता आगामी जेठ ४ देखि १० गतेसम्म विराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ।

प्रतियोगितामा एन बि एस सी लायन्स, विराटनगर क्रिकेट क्लब एकेडेमी, एग्रो भेट क्रिकेट क्लब, विराटनगर प्यान्थर्स, युनाइटेड लायन हर्ट्स, मिल्स क्रिकेट क्लब, कोशि प्राइड लिग गरी कुल ७ टिमको सहभागिता रहनेछ ।

तियोगिताको उद्घाटन खेल एन बि एस सी लायन्स र विराटनगर क्रिकेट क्लब एकेडेमी बिच हुनेछ। खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछ। खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजनबाट हुनेछ।

null

 

प्रतिक्रिया